बुटवल– लुम्विनी प्रदेश स्तरिय डान्स रियालिटि शो नेपाली डान्स मिनिस्टर २०८१ का विजेता विद्यार्थीहरुलाई इडन स्कुल नहरपुर बुटवलले विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।
विद्यालयका प्राचार्य शिवहरी भट्टराईको अध्यक्षता जनप्रतिनिधि एवम बिधालयका अध्यक्ष नकुल शाही ठकुरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उपाधी विजेता सृष्टि कुवँर सहित उत्कृष्ट बिद्यार्थी र अभिभावकहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको हो ।
छम छमी इन्टरटेन्टमेन्ट प्रालिको आयोजानामा भएको शो को उपाधी इडन स्कुलमा कक्षा चारमा अध्ययनरत सृष्टि कुवँरले हात पार्दै स्कुटी सहित रु एक लाख नगद प्राप्त गर्नुभएको थियो । त्यस्तै कक्षा सात कि छात्रा शाहिस्ता शाहिले बेस्ट डान्सर तथा कक्षा सात कै अर्कि छात्रा शाहिस्मा श्रेष्ठले छौठौ स्थान प्राप्त गर्नुभएको थियो ।
प्रमुख अतिथि शाहिले सम्मानित विद्यार्थीलाई बधाइ तथा शुभकामना दिँदै औपचारिक शिक्षा सङ्गै अन्य विधामापनि बालबालिका लाइ प्रोत्साह गर्दै लौजानु पर्नेमा जोड दिनुभयो । कार्यक्रमका अध्यक्ष भट्टराइले विद्यालय सदैव विद्यार्थीको साथमा रहेको र विद्यार्थीका अन्तरनिहित प्रतिभा पहिचान गरि सोही अनुरुपका कार्यक्रममा सहभागी गराउदै आएको उल्लेख गर्नुभयो । साथै सम्मानित बिधार्थिले व्यत्तिगत मात्र नभइ अभिभावक एवम विधालयको नाम समेत राख्न सफल भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रमको सन्चालन विद्यालयका उप प्राचार्य जगत पौडेल ले गर्नुभएको थियो ।