सैनामैना मेमोरियलमा भजन प्रतियोगिता,रातो सदन बन्यो प्रथम

रुपन्देहीको सैनामैना नगरपालिकाको वडा नम्वर आदर्श पथ स्थित सैनामैना मेमोरियल स्कुलले आफ्नो शुक्रवारिय कार्यक्रम अन्तर्गत मौलिक प्रकृतिको भजन प्रतियोगिता सम्पन्न गरेको छ।

शुक्रवार विद्यालयको परिसरमा आयोजित उक्त अन्तर सदनात्मक भजन प्रतियोगितामा विद्यालयमा रहेका सदनका करीव १०० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए अत्यन्त प्रतिस्पर्धात्मरुपमा विद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा रातो  सदनकी आरुसी अर्यालको समूह प्रथम, त्यस्तै निलो सदनकी आकृति भण्डारीको  समूह दोस्रो तथा पहेँलो सदनकी श्रेया खड्काको  समूहले तेस्रो स्थान प्राप्त गरेका थिए।

आधुनिकताले प्रभाव पारिराखेको कारण आफ्नो मौलिकता संस्कृति बिर्सदै गएको वर्तमान पुस्तालाई आफ्नो मौलिक संस्कृति प्रति माया जगाउँदै सो को संरक्षणमा भूमिका खेल्ने उद्देश्यले विद्यालयमा भजन प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्राचार्य डि. बि. खत्रीले बताउनुभयो

विद्यालयका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रकाश चौधरीको संयोजकत्व,  कक्षा मा अध्ययनरत विद्यार्थी पार्सा खत्रीको सञ्चालनमा सम्पन्न उक्त प्रतियोगिताको निर्णय विद्यालयका सहप्राचार्य पदम अर्याल, तथा शिक्षिकाहरु सुनिता थापा सारदा महतले गर्नुभएको थियो।

spot_img
ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?