spot_img

हिमालयन लाइफ इन्स्योरेन्स द्वारा झन्डै १५ लाख उपचार खर्च हस्तान्तरण

spot_img

अनिल नेपाली

र्घाखाँची हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड अर्घाखाँची शाखाले मस्तिष्क घातबाट पिडित बिरामीलाई घातक रोग  उपचार सुबिधा  बापत बिमितले पाउने १५ लाख  रुपैयामा करकट्टा गरि रु १४,२५,४४३ रकम कनेक्ट आइपियस  मार्फत बिमितको खातामा हस्तान्तरण गरेको

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका, घरभै हाल रोजगारीको शिलशिलामा जापनमा कार्यरत ३० वर्षिय पुनाराम आचार्यलाई सो रकम  हस्तान्तरण गरेको जनाइएको

केही वर्ष अगाडि हिमालायन लाइफ इन्स्योरेन्समा रु १५ लाखको बिमाङ्क रहने गरि जीवन  बिमा गरेका बिमित पुनारामले भारतको दिल्लीमा उपचार गरि घातक रोग बापतको रकम प्राप्तिको निम्ति सम्पुर्ण मेडिकल रिपोर्ट केही दिन अगाडि अर्घाखाँची शाखामा पेश गरेका थिए

उपचार बापतको रकम बिमितको खातामा भुक्तानी भैसकेको बिमित पुन आफ्नो रोजगारीको शिलशिलामा जापान प्रस्थान गरेको शाखा प्रमुख दिनेश सुनारले बताए 

शाखा प्रमुख सुनारले  जीवन  बिमाले साना चोटपटक देखि  ठुला दुर्घटना , मृत्यु परिपक्वतामा दिइने सुबिधा  मात्र नभै जीवनमा आइपर्ने ठुला रोग जसको उपचारमा  पैसाको अभावले ज्यानै जान सक्ने अवस्थालाई मध्यनजर गरि पुनर्जीवनको निम्ति आर्थिक सुनिश्चितता समेत गर्ने हुदा आम नागरिकलाई बिमाको सुबिधा पौचबाट अलग नरहन अपिल गरेका छन

 

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?
spot_img