अनिल नेपाली
९ कार्तिक, अर्घाखाँची–भूमिकास्थान नगरपालिका अर्घाखाँचीको आयोजनामा कार्तिक १३ र १४ गते अन्तर नगर स्तरिय मेयर कप भलिबल प्रतियोगिता हुने भएको छ।
कार्तिक १३ र १४ गते वडा नम्बर ७ को चिदिचौरमा सम्पन्न हुने उक्त प्रतियोगितामा भूमिकास्थान नगरपालिकाका १० वटा वडा बाट १०वटा टिमले सहभागीता जनाउने नगरप्रमुख झविलाल थापाले बताए ।
नगरप्रमुख थापाका अनुसार प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।