२४ असोज, काठमाडौं । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको निधन भएको छ । उनको ९ अक्टुबर २०२४ मा अर्थात् बुधबार राति मुम्बईस्थित एक अस्पतालमा निधन भएको हो ।
टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको जानकारी दिएका छन् । भारतीय मल्टिनेशनल उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा निधन भएको छ।
उनी पहिलो भारतीय अन्तर्राष्ट्रिय कमर्सियल पाईलट थिए जसले आफ्नै निजी क्षेत्रबाट पहिलो अन्तर्राष्ट्रिय सेवा दिने एयरलाईन्स संचालन गरेका थिए । पछि एयरईण्डिया नामाकरण भएको एयरलाईन्सको सुरूवात उनले नै गरेका हुन् जसलाई पछि सरकारले सरकारीकरण गरेको हो ।
भारतीय धेरै पुराना बैज्ञानिकहरू उनकै छात्रबृत्तिमा बिदेशमा पढेर स्वदेश फर्केर प्राविधिक क्षेत्रको प्रभावकारी प्रभावशाली नेतृत्व गरेको पाइन्छ ।