नेपालका नयाँ पुराना सबै राजनैतिक नेतृत्वले गफमा रामराज्य खडा गरिरहेका छन्, व्यवहारमा दानवराज सर्वत्र !
दक्ष जनशक्ति एकै दिनमा निर्माण हुने विषय होईन , यसका लागि राज्य सँग:ईमान्दार र दुरदर्शिता भएको नेतृत्व दक्ष जनशक्ति निर्माणमा लगानी गर्ने प्रयाप्त पुँजी र सामर्थ्य चाहिन्छ।
बाडि पहिरो, भुकम्प लगायतका दैवि विपत्ति सँग लड्नका लागि राष्ट्रिय भावनाले ओतप्रोत भएको, ईमान्दार, कर्तव्य निष्ठ, देशको भुगोल र जलवायु सँग परिचित भएको पेशागत दक्षता र आधुनिक प्रविधिले युक्त विषेश फोर्स चाहिन्छ।
सरकारमा छँदा आफ्नो विरुद्धको उजुरी लुकाउन प्रहरीको दुरुपयोग गर्नेले विपत्तिमा प्रहरीको कार्यक्षमतामा प्रश्न उठाउन मिल्छ ?
हाम्रो देशको राजनैतिक एवंम् प्रसासनिक नेतृत्व माथी देखि तल सम्मै विषाक्त वनेको छ,परिणाम नागरिकको मनोवृत्ति लाई पनि विछिप्त बनाएको छ। परिणाम देशले लामो राजनैतिक संक्रमणको सामना गरिरहेको छ । यसको अन्त्य अवश्यम्भावी छ तर कहिले ? यदि हामीले अहिले नै यो प्रवृत्तिको अन्त्य चाहेको हो भने नागरिक हुनुको जिम्मेवारी निर्वाह गरौं !
आफ्नै परिवार साथीभाइ तथा ईष्ट–मित्रहरुका गलत कार्यहरु, अपारदर्शी जीवन शैली, पदमा रहदा राज्य शक्तिको दुरुपयोग जस्ता बिषयमा प्रश्न गर्ने गरौं । आफुले पाएको जिम्मेवारी ईमान्दारिता र पुर्ण क्षमताका साथ सम्पादन गरौ ! देश बन्छ, हाम्रै पालामा बन्छ ! बनाउनुपर्छ !!
जय नेपाल!
डा. दामोदर भुशाल (महासमिती सदस्य नेपाली काङ्ग्रेस)