spot_img

आयातीत पत्नीलाई संपत्तिको तालाचापी सुम्पियो : एमाले नेता श्रेष्ठ

spot_img

पुर्व सांसद समेत रहेका एमालेका नेता कमलराज श्रेष्ठले आज आफ्नो फेसबुक पेजमा एक स्टाटस लेख्दै दुख गर्ने एउटा फल खाने अर्को भन्दै ब्याङ्यात्मक टिप्पणी गरेका छन खासगरी उनको यो स्टाटसले अन्य पार्टी बाट एमालेमा प्रवेश गरेर पदिय तथा आर्थिक लाभ लिइरहेका अन्य नेता तथा कार्यकर्ताहरुलाइ ब्यङ्ग हानेको प्रस्ट देखिन्छ

उनले यो स्टाटस मार्फत पार्टीमा अन्य पार्टीबाट सर्त सहित नेता कार्यकर्ताहरुलाइ भित्र्याउन भुमिका खेल्ने आफ्नै पार्टीको नेतृत्व अन्य पार्टी बाट एमालेमा प्रवेश गरेर बिभिन्न पद तथा अन्य लाभ लिएका नेताहरुलाइ ब्यङ्ग हान्दै भित्रीएकाहरु बनाउन नभइ आफुहरुको भाग खोस्न मात्र आएको,अब पार्टी पहिलेको जस्तो नरहेको कमजोर हुँदै गैरहेको समेत ब्यङ्ग्यात्मक शैलिमा चिन्ता ब्यक्त गरेका छन उनको यो स्टाटसलाइ एमालेका अधिकांश नेता कार्यकर्ताहरुले सेयर तथा कपि पेष्ट गरेर सेयर गरेका छन

उनको स्टाटस जस्ताको तस्तै

एकजना मान्छेले ज्यादै दुःख गरेर काँडेघारी फाँडेर बाघ भालु संग लडेर गैह्री खेत बनाएछ   उस्की श्रीमती जहान बच्चाहरुले पनि अत्यन्त मिहिनेत गरेर उस्को काममा सघाएछन् खेतीपाती राम्रो भयो आम्दानी बेस्न भएपछि रहनसहन पनि बदलियो हिंजका दुःखका दिन गए उस्ले पुराना दुःखका दिन बिर्संदै गयो आफुलाई धनाढ्य समझन थाल्यो

असाध्यै दुःख गरेकी मिहिनेती ईमान्दार लच्छिनकी श्रीमती बाट अब मिच्छिन थाल्यो अरुका तरुनी तरुनी श्रीमती तिर आँखा लगाउन थाल्यो कारोबार धेरै भएकोले जहान बढाउने निहुंमा अर्काकी श्रीमतीहरु भित्र्याउन थाल्यो उता आफ्नो लोग्नेको कमाई फुर्मास गरेर धुलिरम पारेकाहरु यस्को संपत्तिमा रजाइँ गर्न पाइन्छ भनेर पुरानो पोइ छाडेर पोइल आउन थाले

पोइल आउंदा संपत्ति आफ्नो नाममा लेखाइदिन पर्ने भंडारको तलाचापी सुम्पिन पर्ने सर्त  सित पोइल आउन थाले घरकी काम मात्र गर्ने सिंगार पटार नगर्ने नक्कल नपार्नेसंपत्ति जोगाइदिने श्रीमतीलाई घरबाट निकाली दियो साथ‌ै मिहिनेती छोराछोरीलाई पनि निकालीदिय‍ो आयातीत पत्नीलाई संपत्तिको तालाचापी सुम्पियो।

पोइल आएका श्रीमतीहरुका झडकेला छोराहरु पनि आमा संगै दुधपछि आएर उस्को संपत्तिमा रजाइँ गर्न थाले आजकाल खेतबारीमा कसैले काम गर्दैनन् खेतबारी बाँझिदै गएकाछन् खान आएका आयातित पत्नी दुधपछि आएका झड्केलाहरुअरुले कमइदिएको संपत्तिमा रजाइँ गरिरहेकाछन् जेठी बिवाहिता श्रीमती छोराछोरीले तगाला बाहिरबाट आफुले दुःख गरेर जोडेकोसंपत्ति धुलिरम पारेको टुलुटुलु हेरिरहेकाछन् उनिहरु भित्र पस्छन् कि भनेर तगालोमा काँढा लगाएको

छिमेकीहरुले यो तमासा देखेर यस्को बुद्धि कहिले पस्ला ? भन्छन् खै ती आयातित श्रीमतीहरु झड्केलाहरुले सबै सम्पति सिध्याइदिएर आफ्नो बाटो लागेपछि बल्ल बुद्धि फिर्ने होला कि ! पनि भन्छन् जान्ने बुझ्नेहरुले

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?
spot_img