spot_img

धनराज दाइ राजिनामा देउ : अनुसन्धानलाइ सघाउ

spot_img

भ्रष्टाचारी कोही आफ्नो हुदैन, ठुलो हुन्छ सानो नै कानुनका नजरमा सवै नेपाली समान छन!!!

भ्रष्टाचार विरुद्धको आन्दोलनमा अग्र पंक्तिमा उभिएर भ्रष्टाचारको विरुद्धमा खरो वकालत गर्ने युवा नेताहरु नै भ्रष्टाचारमा संलग्न भएको गम्भीर आरोप लाग्नु दुखद छ । आरोप लाग्दैमा कोही अपराधी हुदैन, तर पनि विषय उठिसकेको अवस्थामा अनुसन्धान लाई सहजता प्रदान गर्नु लोकतन्त्रवादीको पहिचान हो ।

आफ्नो भुमिका लाई लिएर सार्वजनिक प्रश्न उठेपछि व्यक्तिले तत्काल आफु सम्वद्ध सवै सार्वजनिक भुमिकावाट पछि हटेर स्वतन्त्र अनुसन्धानलाई मद्दत गर्नु पर्छ यसो गर्दा कसैको कद सानो हुँदैन बरू अनुसन्धानलाई सघाउदा,अपराधी नै प्रमाणित हुँदा पनि मानविय सम्वेदना प्राप्त हुने छ ।

तसर्थ नेपाली कांग्रेसका  उपसभापति एवम् सांसद आदरणीय धनराज गुरुङ ज्युलाई यहाँ सम्वद्ध सवै सार्वजनिक पदबाट राजीनामा गर्न प्रेम अनुरोध गर्दछु । मलाई विश्वास हजुर निर अपराधि सावित हुनुहुने छ । तर हजुरको राजिनामा ले हजुर सम्वद्ध घटनाको अनुसन्धान गर्न  मद्दत पुग्छ नै, साथ साथै पद,पैसा भिडको बलमा एकपछि अर्को अपराधमा सम्लग्नहरुलाई पनि कारवाहीको दायरामा ल्याउन मद्दत मिल्नेछ ।

हजुरलाई राम्रो सँग थाहा छ । हाम्रो देश भ्रष्टाचारले आक्रान्त भएको यसको अन्त्य ,जरुरी छ । कठिन घडिमा देशलाई वचाउन कसै कसैको कुर्वानी आवश्यक पर्छ, नेपाली कांग्रेसको गोदावरीमा सम्पन्न महासमिति बैठकमा हजुरले नेपाली कांग्रेसले अव भ्रष्टाचारका विरुद्धमा शुन्य सहनशीलताको नीति लिने भन्दा ! जसरी हलले एक्यवद्धता जनाएको थियो सो विषयलाई स्मरण गर्दै राजीनामा गरेर आफुलाई निर्दोष सावित गर्ने प्रयास गर्नुहोस् ।

हजुर निर्दोष सावित हुनुभयो भने काँग्रेस मुलुकको नेतृत्व गर्दै समृद्ध राष्ट्र निर्माणको नेता हुनुहुनेछ। कसैगरी अपराधी नै सावित हुनुभएछ भने पनि अरु उच्चपदस्थ आरोपितलाई पनि छानविनको दायरामा ल्याउन नेपाल प्रहरीलाई मद्दत मिल्नेछ । जय नेपाल !

उहीँ हजुरको शुभ चिन्तक,

दामोदर भुसाल महासमिति सदस्य, नेपाली कांग्रेस, गुल्मी

(स्मरण रहोस् धनराज गुरुङले नेविसंघको केन्द्रीय समितिको प्रतिनिधिका रुपमा मलाई २०४९ सालमा,नेपाल विद्यार्थी संघ महेन्द्ररत्न क्याम्पस ईकाई समितिको उपाध्याय वन्न मद्दत गर्नु भएको थियो।)   

ताजा खबर
अन्य खबर
छुटाउनुभयो कि ?
spot_img