अनिल नेपाली
अर्घाखाँची–नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पुर्व राष्ट्रिय सभा सदस्य चन्द्र वहादुर खड्का उज्ज्वलले मुलुकको विकास र समृद्धि माओवादी केन्द्रको नेतृत्वले मात्र सम्भव रहेको बताएका छन ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) को २६ औं जिल्ला सम्मेलनमा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै केपी वली नेतृत्वको सरकारले भ्रष्टाचारीहरुको संरक्षण गर्ने र आफुहरु जोगिनको लागि सरकार ढालेको र अब उनिहरुको हालत शेख हसिनाको जस्तै हुने भएको हुदा मुलुकमा विकास र समृद्धि माओवादी केन्द्रले मात्र गर्न सक्ने बताएका हुन ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला ईन्चार्ज ठाकुर कुमार वि.क लेअनेरास्ववियु (क्रान्तिकारी) का हरेक आन्दोलनमा पार्टीले जस्तोसुकै साथ सहयोग पनि गर्न तयार रहेको हुँदा आजका विद्यार्थी भोलीका देश चलाउने नेता हुने भएको हुदा दृढता पुर्वक अगाडि बढ्न प्रेरित गरेका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला सह–ईन्चार्ज छमकुमारी खनाल, लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा अर्घाखाँचीका संयायोजक राजेन्द्र भुसाल , अखिल (क्रान्तिकारी ) केन्द्रीय उप–महासचिव द्वय सुर्यप्रकाश घर्ती र अनुप पोखरेल, पार्टीका लुम्बिनी प्रदेश सचिवालय सदस्य ठाकुर सौराग,प्रदेश सदस्य देवि वहादुर रायमाझी, कृष्ण सारु, सन्धिखर्क नगर अध्यक्ष कृष्णप्रसाद भुसाल, अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश सचिव शुदर्सन पुन, केन्द्रीय सदस्य तथा रुपन्देही का अध्यक्ष टिकाराम आचार्य,
त्यस्तै प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य अशोक खनाल, नेपाल राष्ट्रिय प्रध्यापक संघका केन्द्रीय सदस्य द्रोण प्रसाद भुसाल, गणतान्त्रिक प्रगतिशिल कानुन व्यावसायी संघ लुम्बिनी प्रदेश उपाध्यक्ष टीका भुसाल,दलित मुक्तिमोर्चाका जिल्ला संयोजक सन्जुनेपाली, किसान महासंघ का जिल्ला अध्यक्ष भेष वहादुर खड्का लगायतको उपस्थिति थियो ।
कार्यक्रम बाबुराम रसाईलीको अध्यक्षता, कुलराज बन्जाडेको संचालन र लक्ष्मण खड्काको स्वागत मन्तव्यमा नयाँ कार्यसमिति चयनगर्दै सम्पन्न भएको थियो ।
सम्मेलनले कुलराज बन्जाडेको नेतृत्वमा अखिल (क्रान्तिकारी) अर्घाखाँचीको २६ औं जिल्ला सम्मेलन सन्धिखर्कमा सम्पन्न गरेको छ ।अधिवेशनबाट अध्यक्षमा कुलराज बन्जाडे,उपाध्यक्ष बाबुराम रसाइली ,दीपक खत्री ,सचिव प्रमिशा जिसि,सह सचिब आयसा खातुन,कृष्णा श्रीष र कोषाध्यक्षमा सपना बि.क लगायतको नेतृत्व चयन गरिएको छ । सम्मेलनले ४९ सदस्यीय जिल्ला कमिटि चयनगरेको छ