गुल्मी,नेपाल बिधुत प्राधिकरण गुल्मी वितरण शाखाको गम्भिर लापरवाही देखिएको छ । काममा गम्भिर नदेखिएको पटक पटक जनताबाट गुनासो आइरहेको बेला पछिल्लो समय आज गुल्मीको मदाने गाउँपालिका ३ का वडा अध्यक्ष चेत बहादुर सेनको यो स्टाटसले बिधुत प्राधिकरण गुल्मी शाखाको नियत नै उदाङ्गो पारिदिएको छ ।
उनको स्टाटस जस्ताको तस्तै ।
नेपाल बिधुत प्राधिकरण गुल्मी शाखाको गम्भिर लापरवाहीको कारणले हामी सिर्सेनि बासिले धेरै धेरै धेरै नै बेला बेला मा समस्या ताझेलेकै थियौ तर पछिल्लो दुई हप्ता देखि देउरालि देखि तल पट्टि झिमरि खोला मा पोल ढलेर जमिन मा तार लत्रिदा पटक पटक फोन गर्दा फोन नउठाउनि उठाए पनि वास्ता नगर्नि मेरो फोन नउठायको भनेर मैले हाम्रा अध्यक्ष महेन्द्र कुबर ज्यु बाट पनि पटक पटक जानकारी गराउदा पनि केहि सुनुवाई नभयको र हिजो साउदी अरब बाट पनि फोन गरेर यसको गम्भिर आलोचना भयको हुदा म यस सिर्सेनिको जनप्रतिनिधि हु भन्ने जस्तो गरायनन बिजुलि बाल्दिने सर हरुले जनप्रतिनिधि भन्दा उहाहरु हजारौ गुना ठुला पदका हुने रैछन सरहरु !
फोन नउठाइदिने एक महिनाको बिल दिएनौँ भने रु सयको पच्चिस बढी लिने संथाले यति धेरै चोटी जानकारी गराउँदा पनि नसुनेको र यहाँ कुनै प्राणीको क्षती भयो भने यहाँको लाईन हेर्ने कुन सर हुनुन्छ उहाले पुरै जिम्मा लिने छ अझ सुन्नमा के आयको छ भने बिजुली बनाउँछौ पेट्रोल र नास्ता पनि माग्ने गरेको सुनेको छु । नेपाल सरकारले तलब पक्कै दियको छ जन्ताले दिन सक्दैनन बिजुली के भाछ भन्दा जबाफ दिने हामी सित जबाफ छैन जताततै हार गुहार गरेर समाधान नभएको हुनाले यो पोस्ट गरेको छु । जनताको सुरक्षा नदेखेको कारण पोस्ट गरेको छु कसैलाइ असर परे पनि असरै सै ।

सिर्सेनीको देउराली तल झिमरी खोलामा बाटो छेउँमा २ हप्ता देखि लत्रिएको बिजुलीको नाङ्गो तार ।
तस्विर : चेत ब सेन वडा अध्यक्ष मदाने ३

